नियम
कोषको सञ्चालक समिति

(१) कोष सञ्चालन गर्नको लागि नेपालसरकारले देहायका अध्यक्ष तथा सदस्य रहेको एउटा सञ्चालक समिति गठन गर्नेछः–
(क) नेपाल सरकारले तोकेको व्यक्ति – अध्यक्ष
(ख) नेपाल सरकारले बीमकहरूको समानुपातिक प्रतिनिधित्व हुने गरी मनोनयन गरेका तीनजना प्रतिनिधि – सदस्य
(ग) कोष प्रबन्धक – सदस्य–सचिव
(२) सञ्चालक समितिले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञलाई पर्यवेक्षकको रूपमा सञ्चालक समितिको बैठकमा उपस्थित हुन आमन्त्रित गर्न सक्नेछ ।
(३) सञ्चालक समितिका सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ ।
(४) सञ्चालक समितिको सचिवालय बीमा समितिको कार्यालयमा रहनेछ ।